arrow

प्रधानमन्त्री देउवा प्रदेश १ मा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
sher-bahadur-deuba-congesss-nc.jpg
तस्वीर–फाइल ।


काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा प्रदेश १ को बाढीपहिरो र डुबान प्रभावित क्षेत्रको अवलोकन गर्न आइतबार बिहान गएका छन् । सुदूरपश्चिम र कर्णालीमा दुई दिन बिताएर अध्ययन अवलोकनपछि प्रधानमन्त्री देउवा बेमौसमी वर्षाले क्षति पुर्याएको क्षेत्र पूर्वको अवलोकन गर्न गएका हुन् । 

देउवा पूर्वका सुनसरी, मोरङ, इलाम र पाँचथरको स्थलगत भ्रमण गर्नेछन् । उनले चारै जिल्लामा प्रभावित क्षेत्रको अवलोकन, पीडितहरुसँग भेटघाट र प्रभावित जिल्लाको अवस्थाको बारेमा जानकारी लिने कार्यक्रम तय भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । 

उनी बिहान ८ बजे गएर साँझ काठमाडौंमै फर्किने छन् । यसअघि उनी बिहीबार र शुक्रबार सुदूरपश्चिममा रहेका थिए । बाढी पहिरोले सातै प्रदेशमा असर गरेको छ । बेमौसमी वर्षाले सुदूरपश्चिम र पूर्वमा बढी नै असर गरेको छ । 

देउवाले विभिन्न राहतका घोषणासमेत गरेका छन् । सरकारले तत्काल अस्थायी आवास बनाउन पीडितलाई ५० हजार रुपैयाा दिने निर्णयसमेत गरेको छ । 

बाढीपहिरोबाट १११ भन्दा बढीको ज्यान गइसकेको छ । ठूलो जनधनको क्षति भएको छ । धान भित्र्याउने बेलामा आएको वर्षाले गर्दा अर्बौंको नोक्सानी भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ