- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आइतबार वाध्यात्मक रुपमा प्रदेशसभा बैठकमा विश्वासको मत लिँदैछन् । उनले मुख्यमन्त्री भएको एक महिनाभित्र विश्वासको मत लिनु पर्नेमा अहिलेसम्म लिएका थिएनन् ।
आइतबार वाध्यात्मक परिस्थितिबीच उनले विश्वासको मत लिन लागेका हुन् । गत शुक्रबार प्रदेशसभामा विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गरिएकोमा आइतबार दिउँसो बस्ने बैठकमा उक्त प्रस्तावमाथि छलफल गरी मतदान गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
उनी गत भदौमा मूख्यमन्त्री भएका थिए । उनी माधवकुमार नेपाल पक्षका थिए । तर अचानक पदको लोभमा परेर केपी शर्मा ओलीको एमाले खेमामा गए ।
उनी मुख्यमन्त्री त भए तर राजनीतिक रुपले बाटो बिराएसँगै पद धेरै समय बचाउन नसक्ने अवस्थामा पुगे । प्रदेश १ मा एमालेको सरकार अल्पमतमा छ ।
यस अर्थमा उनको कार्यकाल आइतबार नै अन्तिम हुन सक्छ । प्रदेश १ मा नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको गठबन्धन बलियो छ ।
प्रदेश सभामा एमालेका ४१ मत छन् । जबकि विपक्षी गठबन्धनले आफूसँग ५० मत भएको दाबी गरिरहेको छ ।
आचार्यले विश्वासको मत नपाउने हकमा नेकपा एसका नेता राजेन्द्र राईले मुख्यमन्त्री पाउने सम्भावना छ । तर कांग्रेसले पनि दाबेदारी गरेको बुझिएको छ ।