arrow

प्रदेश १ का मुख्यमन्त्री आचार्यको पद आठ दिनलाई जोगियो

प्रदेश सभा बैठक सार्न कांग्रेस र एमालेको सभामुखलाई पत्र

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक ७ आइतबार
bhim-acharya.jpeg

काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको पद आठ दिनका लागि जोगिएको छ। आज आइतबार मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मत लिने तयारी थियो।

तर नेपाली कांग्रेस र सो प्रदेशको सत्तारुढ दल नेकपा एमालेले सभामुखलाई पत्र पठाउँदै प्रदेश सभा बैठक केही दिन सार्न आग्रह गरेपछि सभामुख प्रदीपकुमार भण्डारीले बैठक स्थगित गरेको प्रदेश सभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए।

यसअघि गत शुक्रवार विश्वासको मतको प्रस्तावमाथि छलफल र मत विभाजन गर्ने कार्यसूची आज आइतबारका लागि तय गरिएको थियो। प्रदेश सभाका सचिव पराजुलीका अनुसार अर्को बैठक १५ कात्तिकका लागि बोलाइएको छ।

गत शुक्रवार मुख्यमन्त्री आचार्यले प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

आचार्य नेकपा एमालेबाट १० भदौमा मुख्यमन्त्री बनेका हुन्। शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि आचार्य सो प्रदेशमा मुख्यमन्त्री नियुक्त भएका थिए। तर दल विभाजन भएसँगै आचार्यलाई संविधान अनुसार विश्वासको मत लिनु पर्ने बाध्यता छ।

संविधानको धारा १८८ (२) मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा विश्वासको मत लिनु पर्ने प्रावधान छ। प्रदेश १ को प्रदेश सभा ९३ सदस्यीय छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ