- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नौ सय ६८ जनाको पीसीआर परीक्षण गर्दा १२५ तथा १३५ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणका क्रममा मोरङमा ५७, झापामा ५२, सुनसरीमा १० तथा खोटाङ, उदयपुर, पाँचथर र ताप्लेजुङमा एक-एक जनामा संक्रमण पुष्टि भएको हो ।
प्रदेशमा पछिल्लो समय २० महिलासहित ४३ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट सो अवधिमा कसैको पनि ज्यान नगएको मन्त्रालयले जनाएको छ ।