काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुप्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले आफुहरुलाई भर्याङ बनाउन खोजेकैले दरार आएको बताएका छन् ।
प्रधानमन्त्री केपी ओली विरुद्ध संसदमा दर्ता भएको अविश्वास प्रस्ताव टेबुल गर्दै दाहालले आफुले मनोवैज्ञानिक रुपमा प्रधानमन्त्रीले आफुहरुलाई भर्याङ बनाउन खोजेको महसुस गरेको बताएका हुन् ।
हामीलाई उपयोग गर्न खोज्नु नै ओलीको दुर्भाग्य हो, दाहालले भने, ‘हामी अफ्ठ्यारो परिस्थितिबाट समीकरण बनाएर अघि बढेका थियौं । तर उहाँले यो संयुक्त सरकार होइन भन्ठान्नु भो । एकल सरकार हो भन्ने हेतुले अघि बढ्नु भो ।’ उहाँ भित्र अहंकार र दम्भ छ ।
प्रधानमन्त्रीलाई संघीयता नै मन परेको छैन
दाहालले प्रधानमन्त्रीले क्याविनेटमा पटक–पटक भन्ने गरेको सम्झिँदै दाहालले ओलीले ‘संधीयता मलाई मन परेको छैन’ भन्नु हुन्थ्यो –भने । त्यसका लागि उहाँलाई धन्यवाद ! खुलम खुल्ला भन्नु भएकको हो, ‘मैले बाध्य भएर संधीयताको समर्थन गरेको हुँ ।’ उहाँको संघीयता विरोधीहरुसंग माया प्रेम बढेको छ ।
राजतन्त्र नै चाहिन्छ भन्नेहरुसंग लगन गाँठो कस्नु भा छ । गणतन्त्र खासै मन परेको जस्तो लागेन । मेधस आन्दोलनका बेला भएको घटनाक्रमलाई सम्झिँदै दाहालले ओलीले कि म एक्सन लिन्छु । कि तपाई एक्न लिनुस् भनेको सुनाए ।
त्यो उहाँले के भन्ने भयो भनेर मैले बुझिन । त्यतिबेला कि उहाँले मन्त्रीलाई कारबाही गर्छुु भन्नु भा हो कि मैले सरकारको समर्थन फिर्ता फिर्ता लिनु पर्छ भन्ने बुझ्नु पर्ने थियो । त्यो अस्वस्थाबाट पनि हामी संगसंगै हिँड्यौं ।
फेरि पनि त्यस्तो क्रम चलिरहयो, दाहालले भने, ‘अहिले छुट्टीने बेला सम्म पनि कि तपाई एक्सन लिनुस् । कि म एक्सन लिन्छु भन्नेमै छलफल थियो । परिस्थिति एका–एक बदलियो । त्यसैले मैले ९ महिना अघि केपी ओलीलाई यही रोष्टमबाट समर्थन गर्दा भनेको थिँए , ‘राजनीति सम्भावनाको खेल हो ।
राजनीतिमा असम्भव केही हुँदैन ।’ आज ९ महिना पछि अविश्वास प्रस्ताव पेश गर्दा पनि त्यही भन्छु, ‘राजनीतिमा असम्भव केही हुँदैन ।’ त्यसैले भद्र सहमति शब्द अब कुनै दलले प्रयोग नगरोस् । भद्र सहमति भएकै ठाउँबाट उल्लंघन हून्छ ।