काठमाडौं । पूर्व सभामुख एवं एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सरकारविरुद्ध पेश भेएका अविश्वास प्रस्ताव दुर्भाग्यपूर्ण भनेका छन् ।
असार २८ गते सम्म सरकारमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २९ गते कसरी प्रस्ताव ल्याउनु भो, नेम्बाङले भने, ‘उहाँ त सरकार संचालन गर्ने भन्दा माथि उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजक हुनु हुन्थ्यो ।
उहाँले आफ्नो जिम्मवारी कति बहन गर्नु भो ।’ २८ गते सम्मको संयन्त्र संयोजक र अहिले अविश्वासको प्रस्ताव पेश गर्ने व्यक्ति एउटै मान्छे हो भन्नेमा शंका छ, नेम्वाङले व्यंग्य गर्दै भने, उच्च स्तरीय राजनीतिक संयन्त्रको संयोजकको नाम अविश्वास प्रस्ताव पेश कर्तासंग मेल खान्छ क्यारे । मेल खायो भने त फसाद भो । त्यो एउटै मान्छे होइन । असोज २४ गते पछि आफुले संसदमा औपचारिक रुपमा पहिलो पटक बोलेको र रोष्ट्रममा उभिएर झन् पहिलो पटक बोलेको भन्दै अविस्वास प्रस्ताव पेश हुनु दुर्भाग्य- भने ।
संविधानले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको व्यवस्था संक्रमणकालिन धाराले गरेको तर प्रधानमन्त्रीबारे जानी जानी संविधानमा उल्लेख नगरिएको नेम्बाङले सुनाए । उनले भने, ‘संविधानमा जानी–जानी नराख्नुको कारण । दलहरु आफैले संविधान कार्यान्वयनको समय छुट्याएका हुन् । ता कि अर्को संसद गठन नभए सम्म संविधान कार्यान्वयन् होस् ।’ यही आधारमा प्रधानमन्त्रीको व्यवस्था मौन राखिएको हो ।
अविश्वास प्रस्ताव स्वागत योग्य पनि
नेम्बाङले संविधान अब पूर्ण भएको घोषणा भयो । आफु हर्षले गद्गद् भएको सुनाउँदै उनले भने, ‘संविधान जारी अभि देखि संसद बहिस्कार गरेका दलहरु र सांसदहरु अविश्वास प्रस्ताव खेपिरहेको दलको सरकारले नै ल्याएको आर्थिक विधेयकमा सबै जना सहभागि भए । मधेसमा आन्दोलन गर्नेहरु हल भरी भए ।
यो भेलाले एउटा पुष्टी गरेको छ । अब संविधानबाहिर कोही छैनन् । त्यसैले यो प्रस्ताव स्वागत योग्य छ । नेम्वाङले अविश्वास प्रस्तावको लिड पढ्दै त्यसमा हस्ताक्षर गर्ने व्यक्तिको नाम लिँदै भने, ‘संविधानको धारा २९८ को उपधारा १३ बमोजिम अविश्वास प्रस्ताव ल्याएको बेहोरा लेखिएको पत्रको दोस्रो पन्नामा उपेन्द्र यादव देखि गोपाल दहित सम्मले हस्ताक्षर गर्नु भएको छ ।
अब भन्नुस् कोही बाँकी छ संविधान मान्दिन भन्ने ? ।’ यो अवसर जुराइदिनु भएकोमा अविश्वास प्रस्ताव कर्ता माननिय सदस्लाई मुरी मुरी धन्यवाद । उहाँले भन्नु भएको राजनीतिमा सम्भावना धेरै हुन्छन् भनेको पनि यही होला हैन–नेम्वाङले भने ।