arrow

‘हाम लोग भी कुछ् गल्ली से नही आया है’

मै प्रचण्ड जी से नमन करता हुँ

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
Laxman-Lal-Karna-hindi.jpg.jpeg
काठमाडौं । संसदमा सरकारविरुद्ध पेश भएको अविश्वास प्रस्तावविरुद्ध छलफल जारी छ । सांसदहरुले आफ्नो धारणा राखिरहेका छन् । धारणा राख्ने क्रममा सद्भावना सांसद लक्ष्मणलाल कर्णले पुरै समय आफ्नो मातृ भाषामा बोल्दै कर्णले भने, ‘हाम लोक भी कुछ् गल्ली से नही आया है ।’
 
उनले आफुहरुपनि अन्य सांसद जस्तै यही राष्ट्रबाट चुनाव लडेर संसदमा आएको बताए । उनले भने, ‘तपाईहरु जसरी आउनु भो त्यसरी हामी पनि आएका हौं ।’ संविधान जारी गर्दा सांसदकै लोकतान्त्रिक अधिकार खोस्ने काम भएको भन्दै उनले आफुहरुलाई विभेद र निषेध गरिएको बताए । 
 
उनले भने, ‘मै नेपाली बहुत कम बुझ्ता हुँ ।’ अविश्वास प्रस्तावका मतलव क्या होता है ? प्रश्न गर्दै उनले भनृे, ‘हिजो सदनबाट तीन–तीन वटा विधेयक फेल हुँदा आज फेरि अविश्वास प्रस्तावमाथि छलफल हुनु दुर्भाग्य हो । हामीले ठानेका थियौं सारा विधेयक फेल भएपछि भोली संसदमा अविश्वास प्रस्तावमाथि बोल्नु पर्दैन होला ।
 
प्रधानमन्त्रीले राजीनामा दिइसकेका हुने छन् । तर, आज पनि प्रधानमन्त्री र मन्त्रीहरु सरकारी ड्रेसमै देखिन्छन् ।’ अरे कौन लोकतान्त्रि पद्दतिके बात कररहे हो । उनले पुष्पकमल दाहालले कांग्रेसलाई संगै ल्याएर आएकामा बधाई दिए । उनले भने, ‘मै प्रचण्ड जी से नमन करता हुँ ।
 
संघीयता, समावेशी समानुपातिक व्यवस्था र गणतन्त्रका लागि ठूलो उहाँले ठूलो कुर्वानी गर्नु भएको छ ।’ संघीयता र गणतन्त्रकै लागि हतियार उठाएको अर्थस्पष्ट गरि सक्नु भएको छ । जसकै लागि १७ हजार व्यक्तिदे साहतद प्राप्त गरे । उहाँले नेपाली राजनीतिलाई यहाँ सम्म ल्याउने क्रान्ति गर्नु भएकोमा शंका गर्नु हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ