arrow

बक्राहा खोला गाउँ पस्यो, ६१ घर डुबानमा

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
morang j.jpg.jpeg
पथरी (मोरङ) । लगातार परेको पानीले बक्राहा खोलामा पानीको बहाव बढेपछि मधुमल्ला– ५ को बेतेनीबाट पुनः खोला बस्तीमा पसेको छ । यसवर्ष खोलाले पटक– पटक बाँध कटान गरेपछि लगाइएको बालुवाको बाँध भत्काएर खोला आज बिहान बेतेनीको गाउँ तर्फ पसेको हो । 
 
खोला गाउँ पस्दा गाउँका ६१ घर बाढीले डुबेको स्थानीय पत्रकार सन्तोष गौतमले बताउनुभएको छ । सो स्थानबाट यसअघि पनि दुई पटक खोला गाउँमा पसेको थियो । यस्तैगरी मधुमल्ला– ४ र ५ मापर्ने धप्पर टोलमासमेत खोलाको कटानले बाढी पस्न लागेकाले त्यहाँका स्थानीय बासिन्दा त्रासमा रहेको बक्राहा नदी नियन्त्रण उपभोक्ता संस्थाका अध्यक्ष मित्र भण्डारीले बताए । 
 
अहिलेसम्म कुनै मानवीय क्षति भने नभएको तर उद्धारमा भने अविरल वर्षाका कारण समस्या भएको इलाका प्रहरी कार्यालय मधुमल्लाका प्रहरी नायब निरीक्षक यदुकुमार खड्काले बताए । 
 
गत असार ७ गते बक्राहा खोलामा आएको भीषण बाढीले मधुमल्ला– ५ को माथिल्लो कसेनी, मधुमल्ला– ४ को धप्पर टोल र मधुमल्ला– ५ को बेतेनीमा गरी तीन ठाउँबाट खोला गाउँ पस्दा ५० भन्दा बढी घरपरिवार विस्थापित हुनुका साथै २०० भन्दा बढी घर डुबानमा परेका थिए । 
 
साथै सो क्षेत्रमा ३०० बिघा भन्दा बढी खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ