arrow

‘पुष्पलालको विचार बोकेर आउने वामपन्थीलाई हरेक मोडमा कुर्ने छौं’

logo
प्रकाशित २०७३ साउन ८ शनिबार
mine.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदमा अविश्वास प्रस्तावमाथिको छलफल जारी छ । प्रतावबारेको छलफलमा भाग लिने अधिकांश सांसदहरुले संविधानकै धारा २९८ कै व्यवस्थालाई उप्काएका छन् । 
 
तर, कांग्रेस सांसद मिनेन्द्र रिजालले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाललाई समम्झिएका छन् । उनले भने, ‘नेपालको वाम आन्दोलन राष्ट्र निर्माणको एक अध्याए थियो । तर, पछिल्लो पीडिले त्यसको अस्तित्व जोगाउन सकेन ।
 
जसकारण वेला वेलामा आन्दोलन अतिरन्जनामा गयो ।’ तर अहिले हामीले सरकारमा रहेका दलसंगको तिक्तता बढाउन खोजेको होइन । वास्तविक भू–धरातल र भू–यथार्थलाई सम्झाउन खोजेका हौ, रिजालले थपे, ‘त्यसैले फेरि पनि हामी कमरेड पुष्प लालको  विचार बोकेर आउने वामपन्थी साथीहरुलाई हरेक मोडमा कुर्ने छौं ।’ यसअघि संसदमा एमाले नेता माधव कुमार नेपालले बोलेको सम्झिँदै रिजालले राष्ट्रिय सहमति र एकताको बाटोकै निम्ति अविश्वास प्रस्ताव आएको सुनाए । 
 
उनले भने, ‘पुष्पलालाई हामी खोजिरहेका छौं । उहाँको वाटोमा हिँड्नेहरुलाई पर्खिरहेका छौं ।’ हामी पुष्पलालको स्मृति सप्ताहको क्रममा छौं । त्यो वाम आन्दोलनको उपलब्धि रक्षा गर्ने वामपन्थीलाई कुरिरहेका छौं । 
 
रिजालले प्रधानमन्त्री केपी ओलीको सरकारविरुद्ध अविश्वास आउनुको कारण केलाउँदै कुनै संवैधानिक जटिलता न भई व्यवहारिक पक्षकै समीक्षाका लागि यो सब भएको बताए । उनले भने, ‘मधेशीलाई विदेशी देखेर राष्ट्रियता हुँदैन । छिमेकीसंग झगडा गरेर राष्ट्रियता बलियो हुँदैन ।’ हामी वीपी कोइरालाको पार्टीका नेता हौं । वीपीको राष्ट्रियता त त्यो थिएन ।
 
वीपीको राष्ट्रियता ‘जन भावना’ थियो । भूगोल थिएन । रिजालले भने, ‘भूगोल होइन जनता र जनताको विचार चुरो कुरो हो भन्नु हुन्थ्यो वीपीले ।’ भूगोल र जात विशेषलाई उकास्ने प्रवृतिविरुद्ध सचेत गराउने शुत्र हो अविश्वास प्रस्ताव । हाँस्दै उनले थपे, ‘होइन भने हिजो वीपीलाई फाँसी दिनु पर्छ भन्नेहरु अहिले यँही प्रधानमन्त्रीको वरीपरी बसेका छन् ।’ आँखाको संकेत गर्दै उनले अगाडी भने, ‘वीपीलाई विमानस्थल पुग्न नदिनेहरु प्रधानमन्त्रीकै छेउमा बसेका छन् ।
 
वीपीलाई भारतीय दलाल पनि भनियो । तर, प्रजातन्त्रका निम्ति वीपी इतिहास बन्नु भो ।’ सबैले खिल्लि उडाउने तोते सुशील दा ले संविधान बनाएर जानु भो । उहाँले वीपीले नसकेको काम सम्पन गर्नुभो –भावुक हुँदै रिजालले भने । 
 
यस्तै, पूर्व सभामुख सुवास नेम्वाङले शुक्रबारको संसद बैठकमा बाँडेको अनुभव शून्य भएको रिजालले बताएका छन् । आफु जानकार खोन्दै जाँदा एमाले संसदीय दलको उपनेताको घरमा पुगेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘उहाँले सभामूख भएका बखत गरेको अनुभव अब संसदीय दलको उपनेता भएर बोल्दा हुँदा शून्य हो ।’ यहीले उहाँ कसैको पक्ष लिएर बोल्नु भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ