arrow

फ्रान्स र बेलायतका नेताहरू मत्स्य विवादको शीघ्र निरूपण गर्न सहमत

logo
एएफपी,
प्रकाशित २०७८ कार्तिक १४ आइतबार
eu-fishing.jpg

रोम । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन र बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आइतवार ब्रेक्जिटपछिको माछा मार्ने अधिकारलाई लिएर उठेको विवाद समाधान गर्न "व्यावहारिक र परिचालन उपायहरू" मा काम गर्न सहमत भएका छन्।  

म्याक्रोनको कार्यालयले जनाएअनुसार दुई नेताहरूले रोममा भएको जी २० शिखर सम्मेलनको मार्जिनमा लगभग २५ मिनेट भेटवार्ता गरेका थिए ।  

सो अवसरमा दुई नेताहरू "जति सक्दो चाँडो" ठोस कामका साथ उक्त विवादको शीघ्र निरूपण गर्नुपर्ने विषयमा सहमत भएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ