- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
मोरङ । प्रदेश १ को मुख्यमन्त्रीबाट भीम आचार्यले दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आचार्यको राजीनामा स्वीकृत गर्दै मङ्गलवार १ बजेभित्र नयाँ सरकार गठनको दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी विमल पौडेलका अनुसार संविधानको धारा १८८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा धेरै दलहरूको समर्थनमा मुख्यमन्त्रीको दावी पेस गर्न दलहरूलाई आह्वान गरिएको हो ।
मुख्यमन्त्री आचार्यको राजीनामा स्वीकृत गरे लगत्तै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।