arrow

अयोध्या बारे ओलीको टिप्पणी- भारतको अयोध्यालाई १५० वर्ष अघिसम्म फैजावाद भन्ने गरिन्थ्यो 

आउँदो निर्वाचनमा एमालेले जिते माडी मणि बन्ने

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक १६ मंगलबार
kp-sarma-oli-baa.JPG

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भारतको अयोध्यालाई १५० वर्ष अघिसम्म अयोध्या नभनी त्यतिबेला फैजावाद भन्ने गरिएको बताएका छन् । अयोध्याधामको मंगलवार अवलोकनपछि उनले रामको जन्मभूमि अयोध्यामाडीमा नै भएको धेरै कुराले प्रमाणित भइसकेको बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, “धर्म शास्त्रका कुराले प्रमाणित भइसकेको छ ।” भारतको अयोध्यालाई १५० वर्ष अघिसम्म अयोध्या नभनी त्यतिबेला फैजावाद भन्ने गरिन्थ्यो ।” थारुहरुको लाठीनाचसमेत भगवान् रामका पालामा वन्यजन्तु धपाउने क्रमको विकासको स्वरुप रहेको उनको भनाइ थियो ।

राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसँगै मन्दिरको दर्शनपछि उनले भने, “भगवान् राम आफ्नो जन्मभूमिमा आउनुभएको छ । सँगै लक्ष्मण, सीता र हनुमान पनि हुनुहुन्छ ।” अत्याचार भयो भने हात जोडेर बस्नुभएका हनुमानले गधा उठाउने ओलीको भनाइ थियो । उनले थपे, “दानवीय प्रवृत्तिका मानिस होसियार हुनुपर्छ ।” माडीलाई मणि बनाउन राम फर्किएर आएको भन्दै उनले अब माडी मणि बन्ने बताए ।

माडीमा भक्तजनको घुइँचो लाग्ने भन्दै ओलीले भने, “दर्शनका कुरा गर्ने होइन । इतिहास र पहिचानको कुरा हो यो ।” पहिचान र इतिहास उत्खनन गर्दै जाने भन्दै उनले यो सत्यको पक्षमा रहेको बताए । रिउखोला पहिले रेवा भएको भन्दै त्यसअघि सरेउ भएको र यो धर्म शास्त्रमा समेत उल्लेख भएको उनको जिकिर थियो । आउँदो निर्वाचनमा आफ्नो पार्टीको जितसँगै धामको विकासको काम गरिने उनले बताए । उनले भने “एक डेढ वर्ष बजेटको आश नगर्नुस निर्वाचनपछि सबै हुन्छ ।”



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ