- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगन्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगन्जको एक जुवाखालबाट ४ लाख ६६ हजार नगदसहित ४८ जनालाई पक्राउ गरेको छ । बाँके प्रहरीले एकै पटक एउटै जुवाखालबाट यति ठूलो संख्यामा पक्राउ गरेको पहिलोपटक हो ।
जिल्ला प्रहरी कार्यालयबाट गएको टोलीले शनिबार बिहान ४ बजे भाइटीकाको नेपालगन्ज १७ बाबुगाउँबाट जुवा भइरहेको जुवाखालबाट ४ लाख ६६ हजार रुपैयाँसहित ४८ जनालाई पक्राउ गरिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्याम कृष्ण अधिकारीले जानकारी दिएका छन् ।
प्रहरी उपरीक्षक अधिकारीका अनुसार जुवाखालबाट पक्राउ परेका केही ब्यक्तिहरु जुवाडे नभएको पाइएको छ। उक्त जुवाखालमा जुवाडे धेरै भएपछि अन्य दुई खाल बनाएर जुवा खेलाइँदै गरिएको अवस्थामा जुवाडेहरुलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । त्यस खालबाट केही भारतीय नागरिकहरुसमेत फेला परेका छन् ।
जुवाडे नभई दर्शक बनेकालाई छानबिन गरि छोडिने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिएका छन् । अन्य जुवाडे लाई जुवा ऐन अनुसार कारबाही प्रक्रिया चलाइने प्रहरी उपरीक्षक अधिकारीले बताए।
जुवाडे विरुद्दको अभियान अन्तर्गत बाँके प्रहरीले कोहलपुर,खजुराका विभिन्न स्थानबाट पक्राउ गर्दै आएको छ।