- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर ।पछिल्लो २४ घण्टामा प्रदेश नं १ सबैभन्दा बढी मोरङमा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्थानीय पालिकाका अनुसार सबैभन्दा बढी विराटनगर महानगरपालिकामा २७ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १७, सुनसरीमा १०, इलाममा दुई, सङ्खुवासभा र उदयपुरमा एक/एक जना गरी कूल ९५ जनामा संक्रमण देखिएको हो ।
सो संक्रमित ५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० को एन्टिजेन परीक्षण गर्दा २६ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेशमा आजै १७ महिलासहित ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् भने चार महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।