arrow

जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र तय गर्छ: प्रधानमन्त्री देउवा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ कार्तिक २५ बिहिबार
ser-bad.deuba-janagadana.png

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबारदेखि सुरु हुने राष्ट्रिय जनगणना, २०७८ मा गणकहरुलाई सही विवरण उपलब्ध गराउन आग्रह गरेका छन् ।

विहीबार विहान राष्ट्रिय जनगणनाका अवसरमा देशवासीका नाममा सन्देश जारी गर्दै राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सबै देशबासीलाई आग्रह गरेका छन् ।

उनले जनगणनाले व्यक्तिको गणना मात्र नगरी देश विकासको समग्र मार्गचित्र पनि तय गर्ने बताएका छन् । देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाका आधार स्तम्भका रुपमा रहेको उनले उल्लेख गरेका छन् ।

राष्ट्रिय जनगणनाअन्तर्गत यही कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म प्रत्येक घरघरमा जनगणना गर्नका लागि गणकहरु आउँदै गरेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले जनताले दिएका सम्पूर्ण व्यक्तिगत विवरण तथ्याङ्क ऐन, २०१५ बमोजिम गोप्य रहने भएकाले आआफ्नो घरमा आउने गणकलाई सही विवरण उपलब्ध गराइदिन अनुरोध समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ