arrow

सरकार, संसद् र न्यायपालिकाले काम गर्न सकेन : सुवास नेम्वाङ

logo
रासस,
प्रकाशित २०७८ कार्तिक २७ शनिबार
subash_Nembang.jpg
फाइल तस्बिर

झापा। नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सरकार, संसद् र न्यायपालिकाले काम गर्न नसकेको आरोप लगाएका छन्। सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज बिर्तामोडमा २५औँ वार्षिक साधारण सभाको उद्घाटन गर्दै उनले असफलताको सबै दोष वर्तमान गठबन्धन सरकारले लिनुपर्ने बताए।

सरकारले अन्य अङ्गलाई काम गर्ने वातावरण उपलब्ध नगराएको नेम्वाङले बताए। सबै कुराको दोष संविधानलाई दिन नहुने उनको धारणा थियो। उनले राजनीतिलाई संवैधानिक मार्गमा हिँडाउने काम राजनीतिक दलको भएको स्पष्ट पारे।

सो अवसरमा नेता नेम्वाङले संविधानसभा सदस्य केशव बडाललाई राष्ट्रिय व्यक्तित्व सम्मान पुरस्कार प्रदान गरे। सहकारी अभियानमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई सो सहकारीले रु एक लाख एक हजार राशिको पुरस्कार प्रदान गर्दै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ