arrow

गोविन्द केसीले १६औं दिनमा अनसन तोडे

५ वर्षीय सरोजले जुस पिलाए

logo
प्रकाशित २०७३ साउन १० सोमबार
kc-new-gharti.jpg.jpeg
काठमाडौं । चिकित्सा क्षेत्रको बेथितिविरुद्ध आमरण अनसन बसेका डा. गोविन्द केसीले १६औं दिनका दिन आठौं अनसन तोडेका छन् । त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा अनसन बसेका केसीले सरकारसंग माग सम्बोधनका लागि भएको सम्झौताको केही घण्टापछि विरामीको हातबाट जुस पिएर  अनसन तोडेका हुन् ।  
 
केसीले हाडजोर्नीका विरामी ५ वर्षीय सरोज नेपाल, भिक्षु थोवाङ निर्वु लामा र सरकारी वार्ता टोलीका संयोजक सेनेन्द्रराज उप्रेती तीनै जनाको हातबाट जुस पिएर अनसन भङ्ग गरेका हुन् । 
 
अनसन तोडाउँदै वार्ता समिति संयोजक एवं स्वास्थ्य सचिव उप्रेतीले केसी सरकारसंग भएको सहमतिले निकै खुसी भएको बताए । आइतबार सचिव उप्रेतीले हस्ताक्षर गरेको सहमति पत्रमा केसी स्वयंले खुसी हुँदै हस्ताक्षर गरेका थिए । 
 
सहकारी मार्फत चल्ने मनमोहन शिक्षण अस्पताल चिकित्सा विज्ञान प्रतिष्ठानले किन्ने, उपत्यकामा अबको १० वर्ष सम्म नयाँ नेडिकल कलेजका लागि सम्बन्धन नदिने तथा आयशपत्र नदिने, केसीले उठाएको चिकित्सा शिक्षा ऐनमा सुधारका विभिन्न व्यवस्थाहरु राख्ने र आयोगलाई पूर्णता दिने लगायत सहमति भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ