arrow

बन्द गराउँदै हिँडेका ६ जना नवलपुरबाट पक्राउ, बजार र शैक्षिक संस्था ठप्प

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ कार्तिक ३० मंगलबार
nepal-banda-nawalpur.jpg

कावासोती । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले घोषणा गरेको नेपाल बन्दको प्रभाव नवलपुरमा पनि परेको छ । बन्दको प्रभावका कारण जिल्लाका शैक्षिक संस्था,बजार र सार्वजनिक सवारी साधन खुलेका छैनन् । बन्द सफल बनाउन चोक चोकमा नेकपाका कार्यकर्ताहरुले चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् ।

बन्द गराउँदै हिँडेका ६ जनालाई प्रहरीले चोरमाराबाट प्रकाउ गरेको छ । वीरबहादुर थापा, धनबहादुर कुमाल, नरेन्द्रमान मुखिया, मंगलसिंह कुमाल, दिपक बिक र दिपक कुमाललाई पक्राउ गरेको नवलपुर प्रहरीले जनाएको छ ।

जिल्लाका मुख्य बजारहरु गैडाकोट, दलदले, कावासोती, चोरमारा, अरुणखोला  र दुम्किबास लगायतका स्थानमा बजार र पसलहरु, शैक्षिक संस्थाहरु खुलेका छैनन् भने लामो छोटो दूरीका सार्वजनिक सवारी साधन चलेका छैनन् ।

बन्दलाई मध्य नजर राख्दै जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको र अहिलेसम्म कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ