- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले मुख्यमन्त्रीमा विश्वासको मत पाएका छन् । उनले ५० मत प्राप्त गर्दै प्रदेश १ को प्रदेश सभाबाट मुख्यमन्त्रीमा बहुमतसहित विश्वास लिएका हुन् । उनको विपक्षमा २९ मत परेको छ।
प्रदेश १ को प्रदेश सभाका सभामुख प्रदीपकुमार भण्डारीले राईको पक्षमा बहुमतसहित ५० मत परेको र विपक्षमा २९ मत आएको घोषणा गरे ।
राई माधवकुमार नेपाल नेतृत्वको दल नेकपा एकीकृत समाजवादीबाट प्रदेश १ को मुख्यमन्त्री बन्न सफल भएका थिए । उनी नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपासहितको सहयोगमा मुख्यमन्त्री नियुक्त भएका थिए । ती सबै दलका सांसदहरुले राईका पक्षमा मतदान गरेका हुन् ।
नेकपा एमालेले भने विश्वासको मतको विपक्षमा मतदान गरेको छ। सो दल अहिले त्यहाँ प्रमुख प्रतिपक्षको हैसियतमा छ।
प्रदेशसभाका कुल ९२ सांसद छन् । त्यसमध्ये कांग्रेसका २१, नेकपा माओवादी केन्द्रका १५, नेकपा एसका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १ जनाले राईलाई मत दिएका हुन् ।