arrow

लुम्बिनीको स्थायी राजधानीमा पूर्वाधार निर्माणकार्य तीव्र

logo
नारायण वली,
प्रकाशित २०७८ मंसिर २ बिहिबार
pradesh sabha bhalubang.jpg

रुपन्देही । स्थायी राजधानी तोकिएको करिब डेढ वर्ष बितिसक्दा पनि अस्थायी मुकाम बुटवल बाट सञ्चालन हुँदै आएको लुम्बिनी प्रदेश सरकारले आगामी मङ्सिरसम्म प्रदेशसभाको भवन तयार गर्ने भएको छ । 

स्थायी राजधानीमा स्थानान्तरण हुन नसक्दा निकै आलोचना खेप्न पुगेको लुम्बिनी प्रदेश सरकारले   अन्ततः दाङको भालुवाङमा भवन निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाएको पाइएको छ । 

आगामी मङ्सिर महिनासम्म पूरा गरिने प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्त घिमिरेले जनाएका छन् । अधिकृत घिमिरेले भने, प्राधिकरणले दुई चरणमा सक्ने गरी भवन निर्माणको काम अगाडि बढाएको छ ।

५ करोड २२ लाखको लागतमा निर्माण हुन लागेको लुम्बिनी प्रदेश सभाको भवनमा ढुङ्गाको छाना, आँखी झ्याल लगायत डिजाइनमा निर्माण गर्न थालिएको प्राधिकरणका प्रमुख घिमिरेले बताए । 

यसैबिच लुम्बिनी प्रदेशसभाले हिउँदे अधिवेशन नयाँ भवनमै गर्ने गरी तयारी गरेको बताइएको छ । वर्षे अधिवेशन सकिने र आगामी हिउँदे अधिवेशन दाङमा निर्मित नयाँ भवनमा गर्ने गरी तयारी गरिएको लुम्बिनी प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन बताएका छन् ।



नयाँ