arrow

प्रधानमन्त्री देउवासँग अमेरिकी प्रतिनिधिमण्डलको भेटवार्ता

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २ बिहिबार
USA-Nepal-PMdeuba.jpg

काठमाडौँ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु, उपसहायक विदेशमन्त्री केल्ली किडरलिङले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । लु बुधबार नेपाल आइपुगेका थिए भने, किडरलिङ बिहीबार नेपाल आइपुगेकी हुन् ।

बिहीबार प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा नेपालका लागि अमेरिकी राजदुत र्‍याण्डी बेरीसमेत सहभागी भएका थिए । भेटवार्ताका क्रममा द्धिपक्षीय हितका विषयमा कुराकानी भएको राजदूत बेरीले जानकारी दिएका छन् ।

यस्तै भेटका क्रममा नेपाललाई निरन्तर साथ, सहयोग र सहकार्यका लागि अमेरिकाले प्रतिवद्धता व्यक्त गरेको समेत राजदूत बेरीले बताएका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि अमेरिकी सहायक विदेशमन्त्री लुसँगको भेटका क्रममा नेपाल अमेरिकाबिचको सम्बन्धका विविध पक्षमा जानकारी आदान प्रदान गरेको बताएका छन् । बिहीबार बिहानै सहायक विदेशमन्त्री लुले त्रिवि शिक्षण अस्पतालको अवलोकन समेत गरेका थिए ।

यस्तै किडरलिङले नेपालका केही प्रमुख युवा एवं अगुवाहरुसँग पनि भेट गरेकी छन् । सो क्रममा उनले लोकतन्त्रमा नागरिक सहभागिता तथा समावेशिता, मानव अधिकार तथा जलवायू परिवर्तनको सम्बन्धमा नेपाल, अमेरिका एवं विश्वले सामाना गरिरहेका चुनौतिको विषयमा विभिन्न कुराकानी एवं छलफल गरेकी छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ