arrow

दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस : भारतका कुमुदलाई उपाधि

logo
प्रकाशित २०७३ साउन १० सोमबार
humud-rai-win-teb--.jpg.jpeg
काठमाडौं । भारतका कुमुदकुमार राईले प्रथम दक्षिण एसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताको ५० वर्षमाथि पुरुष सिंगल्सको उपाधि जितेका छन् ।
 
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको ‘बेस्ट अफ सेभेन’ फाइनलमा कुमुदले भारतकै प्रकाशलाई ११–९, ११–६, ११–८ र ११–७ को सोझो सेटमा पराजित गरे । 
 
कुमुद २०३१ सालका नेपाल राष्ट्रिय जुनियर च्याम्पियन हुन् । सन् १९७५ मा कुमुद परिवारसहित भारत गएका थिए । नेपालका किरण श्रेष्ठ र रञ्जन सुब्बा संयुक्त रुपमा तेश्रो भए ।
 
नेपाल भेट्रान्स टेबलटेनिस संघले संचालन गरेको प्रतियोगिताको पुरुष ४० वर्षमाथि सिंगल्समा भारतका विकास महाजन पहिलो भए । फाइनलमा उनले आफ्नै देशका डा. नितिन टोसिन्वाललाई ११–६, ९–११, ११–८, ११–७ र ११–६ ले हराए । भारतका मन्मित सिंह र नेपालका राजेन्द्र कपाली तेश्रो बने ।
 
महिला ५० वर्षमाथि सिंगल्समा भारतकी निलम नरुला पहिलो, भारतकै प्रतिमा मेनन दोश्रो तथा नेपालका धर्ती श्रेष्ठ र हीरा नकर्मी तेश्रो स्थानमा रहे । सो स्पर्धाको ४० वर्षमाथि नेपालका इन्दिरा पौडेल पराजुली पहिलो, उर्मिला खड्का ओली दोश्रो तथा सम्झना पोखरेल र सुजिता अधिकारी तेश्रो भए ।
 
तीनदिने प्रतियोगितामा नेपालका २७, भारतका २४, पाकिस्तानका २, माल्दिभ्सका ६ र बंगलादेशका ३ खेलाडी सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ