arrow

खेलकुद परिषद्को सदस्यसचिवका लागि दरखास्त आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ४ शनिबार
national-sports-council.jpg

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्यसचिव नियुक्तिका लागि दरखास्त आह्वान भएको छ । युवा तथा खेलकुद मन्त्रालयले विज्ञप्ति जारी गर्दै राखेप सदस्य सचिवका लागि दरखास्त आह्वान गरेको हो । 

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १७ को उपदफा (३) बमोजिम सदस्यसचिव नियुक्तिको लागि दरखास्त आह्वान गरिएको हो । मन्त्रालयले योग्यता पुगेका उम्मेदवारले सात दिन भित्र निवेदन पेश गरिसक्नु पर्ने जनाएको छ ।

गत कात्तिक १ गते राखेप सदस्यसचिव रमेशकुमार सिलवाललाई सरकारले स्पष्टीकरण चित्त नबुझेको भन्दै बर्खास्त गरेको थियो । सदस्यसचिव सिफारिसका लागि मन्त्रालयले सहसचिव कमलप्रसाद पोखरेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । समितिमा कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ रहेका छन् ।

सिफारिस समितिले आएका आवेदनबाट प्रक्रिया पुर्याएर योग्य तीन जनालाई सिफारिस गरी मन्त्रालयमा बुझाउने छ । जसमा एक जना महिला अनिवार्य गरिएको छ । मन्त्रालयले ती सिफारिसलाई मन्त्रिपरिषद्मा लगेसँगै मन्त्रिपरिषद्ले एक जनालाई चार वर्षसम्म नियुक्त गर्नेछ । 



नयाँ