नयाँदिल्ली । विश्वलाई योगमार्फत एकीकृत गर्ने प्रयासमा लागेका भारतीय योगगुरु रामदेव गतिला फुटबलर बनेका छन् । उनी सोमबार भारतको नयाँदिल्लीको जवाहरलाल नेहरू स्टेडियममा भब्य तरिकाले आकर्षणसहित फुटबल खेले ।
अभिनेता रणवीर कपुर, डिनो मोरियासमेतका सेलेब्रिटी र सांसदहरुसंग रामदेव बाबा पनि देखिएका हुन् ।
भारत सरकारको ‘स्वच्छ भारत’ तथा ‘बेटी बचाओ, बेटी पढाओ’ अर्थात् ‘छोरो बचाउ, छोरी पढाउ’ अभियानलाई प्रोत्साहित गर्न यो विशेष खेलको आयोजना गरिएको थियो ।
रामदेव यो खेलका ब्रान्ड एम्बेस्डर थिए ।
रामदेवले जसरी फुटबल खेलिरहेका थिए त्यसले भने योगमा दम छ भन्ने स्पष्ट भएको छ ।