डीआईजी आचार्यको चार महिनामै सरुवा, लुम्बिनी प्रहरी प्रमुखमा अधिकारी
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ५ आइतबार
801
Shares
काठमाडौं। गृह मन्त्रालयले प्रहरी नायव महानिरीक्षक (डीआईजी) मुकुन्द आचार्यलाई चार महिनामा नै लुम्बिनी प्रदेशको प्रहरी प्रमुखबाट हटाएको छ। कार्यसम्पादन कमजोर भएको भन्दै डीआईजी आचार्यलाई गृह मन्त्रालयले लुम्बिनीबाट लागु औषध नियन्त्रण ब्यूरोमा काज सरुवा गरेको हो।
सो स्थानमा हाल एसएसपीले नेतृत्व सम्हाल्दै आइरहेका छन्। मन्त्रालयले दरबन्दी नै नभएको ठाउँमा आचार्यलाई ल्याएको हो।उनको स्थानमा मन्त्रालयले डीआईजी प्रकाश अधिकारीलाई पठाइएको गृह मन्त्रालय स्रोतले जनाएको छ। अधिकारी प्रहरी प्रधान कार्यालय अन्तर्गतको प्रबन्ध निर्देशनालयमा थिए ।
अधिकारी रहेको स्थानमा भने प्रहरी महानिरीक्षकको सचिवालयमा रहेका डीआईजी वसन्तकुमार लामालाई पठाइएको छ। लामाको यसअघि बागमती प्रदेश प्रहरी कार्यालयबाट प्रहरी महानिरीक्षकको सचिवालयमा सरुवा भएको थियो।