काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की सुशासन समितिमा जाँदैछन् । बिहान ८ बजे उनी सुशासन समितिमा बयान दिन जानु पर्नेमा यो समाचार तयार पार्दासम्म पनि उनी पुगेका छैनन् ।
राष्ट्रिय समाचार समितिका नारायण न्यौपानेका अनुसार संचारकर्मीमात्र भरिएका छन् । समितिका सदस्यहरु पनि सबै पुगेका छैनन् ।
आठौं पटक चिकित्सा क्षेत्रको विकृति विरुद्ध आमरण अनसन बसेका प्रा डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको भनी महाअभियोग लगाउन माग गरेपछि त्यसको वास्तविकता बुझ्न कार्कीलाई सुशासन समितिले बोलाएको हो ।
शुक्रबार आइतबारलाई बोलाउने निर्णय भए पनि संसद बैठकका कारण आजलाई सरेको थियो ।
कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए ।
काठमाडौं विश्वविद्यालयकै पदाधिकारीले लोकमानबाट सीधै हस्तक्षेप भएको आरोप लगाएसंगै सुशासन समितिलाई पनि लोकमानलाई बोलाउन सजिलो भएको छ ।
अख्तियारले अनावश्यक हस्तक्षेप गर्ने तर ९० प्रतिशत बढी मुद्धा चलाएर पनि हार्ने गरेको छ ।