arrow

अख्तियार प्रमुख लोकमान सिंह कार्की बयान दिन गएनन्, एक हप्ता बोल्न नमिल्ने जनाउ

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
lokman.jpg.jpeg
काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की व्यवस्थापिका संसद अन्तर्गतको सुशासन समितिमा गएनन् । बिहान ८ बजे उनी सुशासन समितिमा बयान दिन जानु पर्नेमा पौने ९ बजेतिर आएका  अख्तियारका सचिव शान्तराज सुवेदीले 
‘बिरामी भएकाले आउन नमिल्ने जनाउ दिएका थिए ।
 
उनको घाँटीमा समस्या भएका कारण एक हप्ता बोल्न नमिल्ने जनाउ सुवेदीले दिएका हुन् ।  लोकमान बैठकमा नआएपछि उनीबिनै बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा सुवेदीसंगै, वेगेन्द्रराज शर्मा र  प्रवक्ता कृष्णहरि पुष्कर तथा सुशासन समितिका सांसदहरु सहभागी छन् । 
 
आठौं पटक चिकित्सा क्षेत्रको विकृति विरुद्ध आमरण अनसन बसेका प्रा डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको भनी महाअभियोग लगाउन माग गरेपछि त्यसको वास्तविकता बुझ्न कार्कीलाई सुशासन समितिले बोलाएको हो । 
 
शुक्रबार आइतबारलाई बोलाउने निर्णय भए पनि संसद बैठकका कारण आजलाई सरेको थियो । 
 
कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए ।
 
काठमाडौं विश्वविद्यालयकै पदाधिकारीले लोकमानबाट सीधै हस्तक्षेप भएको आरोप लगाएसंगै सुशासन समितिलाई पनि लोकमानलाई बोलाउन सजिलो भएको छ ।
 
अख्तियारले अनावश्यक हस्तक्षेप गर्ने तर ९० प्रतिशत बढी मुद्धा चलाएर पनि हार्ने गरेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ