काठमाडौं । अख्तियार दूरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्की व्यवस्थापिका संसद अन्तर्गतको सुशासन समितिमा गएनन् । बिहान ८ बजे उनी सुशासन समितिमा बयान दिन जानु पर्नेमा पौने ९ बजेतिर आएका अख्तियारका सचिव शान्तराज सुवेदीले
‘बिरामी भएकाले आउन नमिल्ने जनाउ दिएका थिए ।
उनको घाँटीमा समस्या भएका कारण एक हप्ता बोल्न नमिल्ने जनाउ सुवेदीले दिएका हुन् । लोकमान बैठकमा नआएपछि उनीबिनै बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकमा सुवेदीसंगै, वेगेन्द्रराज शर्मा र प्रवक्ता कृष्णहरि पुष्कर तथा सुशासन समितिका सांसदहरु सहभागी छन् ।
आठौं पटक चिकित्सा क्षेत्रको विकृति विरुद्ध आमरण अनसन बसेका प्रा डा गोविन्द केसीले चिकित्सा क्षेत्रमा हस्तक्षेप गरेको भनी महाअभियोग लगाउन माग गरेपछि त्यसको वास्तविकता बुझ्न कार्कीलाई सुशासन समितिले बोलाएको हो ।
शुक्रबार आइतबारलाई बोलाउने निर्णय भए पनि संसद बैठकका कारण आजलाई सरेको थियो ।
कार्कीले काठमाडौं विश्वविद्यालयमा मेडिकल शिक्षाको प्रवेश परीक्षामा हस्तक्षेप गरेका थिए ।
काठमाडौं विश्वविद्यालयकै पदाधिकारीले लोकमानबाट सीधै हस्तक्षेप भएको आरोप लगाएसंगै सुशासन समितिलाई पनि लोकमानलाई बोलाउन सजिलो भएको छ ।
अख्तियारले अनावश्यक हस्तक्षेप गर्ने तर ९० प्रतिशत बढी मुद्धा चलाएर पनि हार्ने गरेको छ ।