arrow

पहिरो झरेपछि मेची राजमार्ग अवरुद्ध

फिदिमका २ वटा घर उच्च जोखिममा

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ साउन ११ मंगलबार
mechi-highway.jpg.jpeg
पाँचथर।निरन्तरको वर्षादको कारण सडक माथि बाट ढुंगा र पहिरो झरेपछि मेची राजमार्ग अन्र्तगत पाँचथरको फिदिम—राँके सडकखण्डको फिदिम २ स्थित साम्दिनमा गएराती देखि अवरुद्ध भएको छ। सडक अवरुद्ध हुँदा अहिले दर्जनौ सवारी साधानहरु रोकिएका छन्। अहिले सडक खुलाउन नेपाली सेना,सशस्त्र प्रहरी,नेपाली सेना लागि परेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
 
सडकमा रहेको ढुंगा लोडर चाहिने र लोडर आएर ढुंगा पन्छाउँदा आज दिनभर बाटो अवरुद्ध हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिए।
 
यस्तै सरदमुकाम फिदिम १ स्थित शिवालय मन्दिर छेउबाट पहिरो खस्दा कंचनजंघा एकेडेमी उच्च मावि,तथा त्यहाँ रहेका दुई वटा घर जोखिममा परेका छन्।
 
स्थानिय टेकनाथ वास्कोटाको सेफ्टी ट्याकी र शौचालय पहिरोले बगाएको छ। यस्तै उनको घर र जय नेम्बाङको घर पहिरोको उच्च जोखिममा रहेको स्थानियले वताएका छन्। जय नेम्बाङको घरमा डेरा गरी वस्ने सन्त कुमार थापाले पालेका २ वटा खसी पहिरोले पुर्दा मरेका छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ