arrow

सदन सरकार बनाउन र गिराउन व्यस्त : बाढी, डुबान र पहिरोले जनताकाे बिचल्ली

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
sansad @@@.jpg.jpeg
काठमाडौँ । निरन्तरको अविरल वर्षाले देशभरका विभिन्न भूभाग डुबान र पहिराको उच्च जोखिम परेका हुँदा स्थानीय समुदायलाई उद्धार गर्न र बाढीपहिराले पु¥याएको जनधनको क्षति, उद्धार तथा राहतका बारेमा सदनलाई जानकारी गराउन सांसदहरुले सरकारसित माग गर्नुभएको छ । 
 
व्यवस्थापिका–संसद्को आजको बैठकको विशेष समयमा उहाँहरुले सदन सरकार गिराउन र बनाउन व्यस्त रहेको भन्दै बाढीपहिरो, डुबानपीडित जनतालाई सरकारले उद्धार गर्नु त परै जावोस् राहत पुर्‍याउन समेत ध्यान नदिएको गुनासो गर्नुभयो । 
 
सभामुख ओनसरी घर्तीसित समय लिई सांसदले बाढीपीडित जनताले एक मुठी चामल, नुन, त्रिपाल देऊ भन्दा पनि सरकारको उपस्थिति नरहेकामा आपत्ति जनाउनुभयो । बाढी, डुबानपीडित जनतालाई राहत दिन सरकारलाई रुलिङ गर्न समेत उहाँहरुले माग गर्नुभयो । 
 
सांसद रामकृष्ण यादवले तराईका अधिकांश जिल्ला डुबानमा परेकाले डुुबान तथा बाढीपीडितलाई सरकारले राहत पु¥याउन नसकेको आरोप लगानुभयो । सांसद वैजनाथ चौधरीले सिरहा र सप्तरीका सबै भूभाग डुबानमा परेको हुँदा सरकारले उद्धार तथा राहत पु¥याउन नसकेको बताउनुभयो । 
 
सांसद शिवकुमार मण्डलले नवलपरासीको जिल्ला सदरमुकाम परासीमा बाढी पसेको हुँदा हजारौँ जनता बिचल्ली परेको जानकारी दिनुभयो । 
 
सांसद डा सुबोधकुमार पोखरेलले संविधान कार्यान्वयनमा प्रमुख दलका शीर्ष नेताले ध्यान जानुपर्छ भन्नुभयो । सांसद वृजेशकुमार गुप्ता र डिम्पलकुमारी झाले तराईका भूभाग बर्सेनि डुबानमा पर्छ भन्ने सरकारलाई जानकारी हुन्छ तर पूर्वतयारी केही हुँदैन भन्नुभयो । 
 
सांसद डिल्लीराज काफ्लेले सरकारले बाढीपहिरोपीडित जनतलाई राहत र उद्धारमा ध्यान दिनुपर्छ भन्नुभयो । सांसद भरतकुमार साहले रुपन्देही जिल्लामा तिनाउ नदीमा आएको बाढीका कारण धेरै गाउँ डुुबानमा परेको बताउँदै बिचल्लीमा परेका बाढीपीडितलाई राहत दिन माग गर्नुभयो । 
 
सांसद गणेशकुमार पहाडीले सिन्धुली जिल्लामा हालैको वर्षात्ले पहिरो जाँदा एक जनाको मृत्यु भएको बताउँदै अन्नभण्डारको क्षेत्रका रुपमा रहेका महाभारत र चुरे क्षेत्रमा नदी नियन्त्रण गर्न सरकार र सदनको ध्यानाकर्षण गराउनुभयो । 
 
सांसद सकलदेव सुतियारले सप्तरी जिल्लाको गोबर गाँडागाउँ पूरै डुबानमा परेको हुँदा उद्धारमा सरकारको ध्यान जाओस् भन्नुभयो । सांसद क्रृषिकेश पोखरेल, नरसिंह चौधरी र अशोककुमार मण्डलले सरकारले बाढीपहिरो र डुुबानको समस्या समाधान गर्नका लागि पूर्वतयारीमा ध्यान दिन नसक्दा बर्सेनि यस्ता समस्या आउने गरेको बताउनुभयो । 
 
सांसद हरिप्रसाद नेपालले कालीगण्डकीमा आएको बाढीले तल्लो तटीय क्षेत्रमा उच्च जोखिममा परेको तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद दिलशोभा पुन र सीताराम महतोले बाढीपहिरो र डुुबानपीडितलाई राहत पु¥याउन माग गर्नुभयो । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ