arrow

ठूला ६ नदीमा पानीको बहाव खतरा सूचकमाथि

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
nadi-news.jpg.jpeg
काठमाडौं । लगातारको वर्षाले देशका सबै क्षेत्र अस्तव्यस्त भएका छन् । तराई क्षेत्रमा डुवान भएको छ भने, पहाडी क्षेत्रमा बाढी र पहिरोले जन धनको क्षति भएको छ । 
 
सवै क्षेत्रमा वर्षा भएपछि पूर्व देखि पश्चिमसम्मका अधिकांश ठूला एवं साना नदीमा पानीको बहाव उच्च विन्दूमा पुगेको छ । अहिले मुलुककै ठूला मानिने ६ वटा नदीमा पानीको बहाब खतरा सूचक माथि पुगेको छ । 
 
पश्चिमको कर्णाली र बबई नदीमा पानीको बहाव उच्च भएको छ । त्यहाँ पानी खतरा सूचकमाथि पुगेपछी नदी आसपासका स्थानीयलाई सतर्क रहन भनिएको छ । 
 
यस्तै, राप्ती नदीमा पनि पानीको बहाव उच्च भएको छ । यता, कर्णाली र बागमती नदीमा समेत पानीको बहाव उच्च भएको छ । 
 
पूर्वको कन्काई नदीमा समेत पानीको मात्रा उच्च भएको छ । अझै केही दिन पानी पर्ने भएकाले स्थानीयलाई सचेत रहन बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ