arrow

चीनको निकै गरिब गाउँमा सीका निकै सकसपूर्ण भ्रमण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर ९ बिहिबार
china.jpg
फाइल तस्बिर

यिनचुआन। चिनियाँ राष्ट्रपति सी जिनपिङले विगत तीन दशकमा देशको सबैभन्दा गरिब क्षेत्रमध्येको एक मानिने सिहाइगुको चार पटक भ्रमण गरेका छन्। उनको यात्राले त्यहाँका मानिसहरूको जीवन परिवर्तन गर्न मद्दत गरेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

सिहाइगु उत्तर पश्चिमी चीनको निङ्जिया हुई स्वायत्त क्षेत्रको सुक्खा भूमि, खडेरी र कमजोर परिस्थितिको वातावरणको कारण संयुक्त राष्ट्र सङ्घका विशेषज्ञहरूले भ्रमण गरेर मानव बसोबासको लागि सबैभन्दा अयोग्य ठाउँ भनेर सूचीकृत गरेका थिए।

सन् १९९७ मा सीले पहिलो पटक सिहाइगुको भ्रमण गरेका थिए। मैले गरिब ठाउँ देखेको र बसेको छु, तर सन् १९९० को दशकमा चीनमा अझै पनि यस्ता गरिब ठाउँहरू देखेर स्तब्ध भएको थिएँ, उनले सम्झाए।

त्यस बेला, चिनियाँ कम्युनिस्ट पार्टीको फुजियान प्रान्तीय समितिको उपसचिवको रूपमा, सीले फुजियान र निङ्शियाबीच गरिबी निवारण कार्यक्रमलाई अघि बढाउने बताएका थिए। उनले एक स्थानान्तरण परियोजनाको लागि जोड दिँदै सिहाइगुका सम्पूर्ण समुदायहरूलाई तिनीहरूको बाँझो, दुर्गम पैतृक भूमिबाट पहेँलो नदीले पोषित हेलान पहाडको फेदमा नयाँ क्षेत्रमा सरेको उनले बताएका थिए। सीले यसलाई फुजियान र निङ्जियाको संक्षिप्त नामबाट मिनिङ गाउँको नाम दिएका थिए। 

मिनिङ गाउँ अहिले बालुवा भूमि भएको ठाउँमा रहेको छ। भविष्यमा यो उर्वर भूमि हुने सीले बताएका थिए। सिहाइगुमा पानीको अभाव गरिबीको प्रमुख कारण रहेको सीले बताए। विगत २५ वर्षमा, फुजियानले निङ्जियालाई करिब १५,००० इनारहरू निर्माण गर्न मद्दत गरेको छ र जसले ३००,००० मानिसहरूलाई पिउने पानी उपलब्ध गराएको छ।

सन् २००८ को अप्रिलमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्युरोको स्थायी समितिका सदस्य तथा चिनियाँ उपराष्ट्रपति सी जिनपिङ निङ्सिया फर्किएका थिए। उनी तेस्रो पटक सन् २०२० र चौथो पटक सन् २०२१ मा उक्त क्षेत्रमा गएका थिए। 

राष्ट्रपति भएर उक्त क्षेत्रहरूको भ्रमण गरेपछि पनि त्यहाँ खासै परिवर्तन भएको नपाएको जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ