arrow

विज्ञान र प्रविधिमा आधारित 'बिजुली मेसिन' आउँदै

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
bijulimechine.jpg.jpeg
काठमाडौं । एकै प्रकारको स्वाद मात्र पाइरहेका नेपाली दर्शकले अब भने फरक बिषयवस्तुको स्वाद लिन पाउने भएका छन् ।  प्रेम, एक्सन, कमेडी र सस्पेन्स कथामा चलचित्र निर्माणको क्रम चलिरहेका बेला केही युवा निर्माताहरुले नेपालमै पहिलोपटक विज्ञान र प्रविधिको कथामा चलचित्र ‘बिजुली मेसिन’ निर्माण गरेका छन्  । नविल अवालले निर्देशन गरेको चलचित्रले आविष्कारका निम्ति प्रयासरत विद्यार्थीको कथालाई समेटेको छ ।
 
‘चलचित्रले नयाँ आविष्कारको निम्ति प्रयासरत साइमन नामक एक विद्यार्थी र अलौकिक क्षमता भएको विज्ञान संकायकै उसको साथी प्रतिकको कथालाई प्रस्तुत गरेको छ,’ निर्देशक अवालले भने,‘ यी दुवै विद्यार्थी समाजमा वैकल्पिक उर्जा श्रोत खोजी गर्नका लागि संघर्षरत रहन्छन् ।’
 
निर्देशक अवालले चलचित्र विज्ञानले ल्याउने परिवर्तनमा मात्र नभएर वर्तमान समस्या समाधान र भोलीको सुन्दर समाज निर्माणको लागि चाहिने देशका आशावादी र प्रयासरत युवाहरुको उर्जामा केन्द्रित रहेको बताए ।
 
रिसव आचार्य, संजिव न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेले निर्माण गरेको चलचित्रमा अभिशेक सुवेदी, जीवन अधिकारी, रेलीजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भुषाल, कमलमणी नेपालको अभिनय रहेको छ । चलचित्रमा महानायक राजेश हमाल विशेष भूमिकामा देखिनेछन् । नविनकै लेखनमा तयार भएको चलचित्र आगामी भदौ ३१ गतेबाट नेपाल भरि रिलिज हुँदैछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ