प्युठान । प्युठानमा पहिरो र बाढीमा परी १० जनाको मृत्यु भएको छ । लुङ, पूजा र खोपाङ गाविसमा पहिरोले घर पुरिँदा ६ जनाको मृत्यु भएको छ ।
यस्तै, स्थानीय झिमरुक खोलामा आएको बाढीमा परेका चार जनाको शव भेटिएको छ । बाढी र पहिरोमा परी वेपत्ता भएका १७ जना अझै फेला परेका छैनन् । प्रहरी र सेनाको टोली घटनास्थल पुगेको र विवरण संकलनको काम भइरहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
फोप्लीमा दुई घर पहिरोले परिंदा १० जना वेपत्ता भएका छन् । यस्तै, लुङमा ३ जना, खोपाङमा १ जना र अर्खामा ३ जना बेपत्ता भएका छन् । मृत्यु हुनेहरु पाँच जनाको मात्रै सनाखत भएको छ । खोलाले बगाएका ४ जनाको शवको भने पहिचान भएको छैन ।
मृतकहरु
३५ वर्षीया सुपारी मल्ल
१३ वर्षीय मुकेश मल्ल
८० वर्षीय दविरे सुनार
१६ वर्षीय विते सुनार
शिव बहादुर सुनार