arrow

ओखलढुंगामा ३६ बढी बस्ती पहिरोको जोखिममा

logo
जीवन शर्मा,
प्रकाशित २०७३ साउन ११ मंगलबार
Okhaldhunga-hamrakura.jpg.jpeg
ओखलढुंगा । अविरल वर्षासँगैको बाढी पहिरोका कारण ओखलढुंगाको जनजीवन अस्तव्यस्त भएको छ । जिल्लाका तीन दर्जन बढी (३६ बढी) बस्ती पहिरोको जोखिममा छन् । 
 
जिल्लाका प्राय सबै सडक अवरुद्ध भएका छन् । राजधानीसँगको सीधा यातायात दुई दिन देखि अवरुद्ध छ । सडकका विभिन्न भागमा पहिरो खस्ने समस्याकै कारण सोलु र ओखलढुंगाको राजधानी सम्मको सिधा यातायात सडक सञ्जाल जोडिन सकेको छैन । 
 
भूक्षयका दृष्टिकोणले पुर्वाञ्चलमै सबैभन्दा बढी जोखिम रहेको ओखलढुंगा सदरमुकामका पनि धेरै स्थानमा पहिरोको जोखिम बढेको छ । पहिरोको जोखिम बढेसँगै स्थानीयहरु समस्या परेका छन् । 
 
एक साता देखि परेको लगातारको वर्षाले जिल्लाका माम्खा, रातमाटे, कुइभिर, मोली बेतिनी, मूलखर्क, श्रीचौर, खिजिचण्डेश्वरी, पात्ले, विगुटार, बरुणेश्वर, कुन्तादेवी,  तथा सिद्धिचरण नगरपालिकाका विभिन्न स्थानहरुमा पहिरोको उच्च जोखिम बढेको स्थानीयहरुले बताएका छन् । 
 
प्राकृतिक प्रकोप लाई कसैले रोक्न नसक्ने भएकाले सामान्यतया अवरुद्ध बाटो खुलाउने काम भइरहेको र पहिरोको जोखिम रहेको गाउँका स्थानीयलाई सुरक्षित रहन सचेत गराइएको प्रमुख जिल्ला अधिकारी एक देव अधिकारीले बताए ।  ओखलढुंगाका विभिन्न खोला, खोल्सीमा पानीको बहाव बढेसंगै पैदल यात्रा गर्नेहरु पनि जोखिममा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ