
तस्बिर : हाम्राकुरा
काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कार्यालयमा बढी फेसबुक चलाउँदा कर्मचारीहरूले दिने सेवामा गुनासो बढ्न थालेको भन्दै यस्तो कार्य रोक्न निर्देशन सहित उद्योग मन्त्रालयमा पत्र पठाएको छ।
कार्यालयले उद्योग विभागको नाममा गत असार ३१ गते लेखेको पत्रमा एक ट्वीटर प्रयोगकर्ताले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सम्बोधन गरी पठाएको पत्रमा कार्यालयमा फेसबुक चलाएर बस्नेबाट कस्तो अपेक्षा गर्ने ? भन्ने प्रश्न गरेको भन्दै यस्तो गुनासो के हो पत्ता लगाएर आवश्यक कारबाही गर्न निर्देशन पनि दिएको छ।
कार्यालयले सो गुनासोको व्यवस्थापन उद्योग मन्त्रालयको उच्च तहबाट गरी सो को नतिजा समेत सार्वजनिक गर्न पनि निर्देशानुसार आग्रह गरिएको जनाईएको छ। यस्तो पत्र आएसँगै मन्त्रालयले पनि फेसबुक नचलाउन निर्देशन दिएको सूचना प्रकाशित गर्न तोक लगाईसकेको पत्र भेटिएको छ।
प्रतिक्रिया :