काठमाडौं । काँग्रेस संसदीय दलको बैठक तथा पदाधिकारीहरूको बैठक मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको छ । दुबै बैठकमा संघीय संरचनामा जाँदा स्थानीय निकायको सिमाङ्कन कसरी गर्ने भन्ने विषयमा बैठक केन्द्रीत भएको काँग्रेस नेता दिलेन्द्र प्रसाद बडूले जानकारी दिए ।
बैंठकमा स्थानीय निकाय अन्तर्गत्को गाउँपालिका ५ सय ६५ हुँदा विभिन्न समस्या सिर्जना हुनसक्ने भन्दै यसको संख्या एक हजारसम्म पुर्याउनुपर्ने धारणा पनि धेरैले जनाएका थिए। यसरी थोरै गाउँपालिका राख्दा विकेन्द्रीकरणको मान्यता विपरित हुने र स्थानीय नेतृत्व पनि सीमित हुने भन्दै यसको संख्या बढाउनु पर्ने पक्षमा बैठक देखिएको पनि काँग्रेस नेताहरूले बताएका छन् ।
त्यस्तै, गरी बैठकले पहाडि गाउँ भएका जिल्लामा बढीमा ३ गाउँ भन्दा बढी मिलाउन नहुने पक्षमा लाग्नु पर्ने निर्णय पनि गरेको छ । यसरी पहाडि क्षेत्रमा धेरै गाउँ जोड्दा सेवाग्राहीलाई समस्या हुने भएकोले यसमा सचेत हुनुपर्ने ठहर पनि काँग्रेसले गरेको छ ।