arrow

सरकारमा जाने–नजाने विषयले राप्रपा एकता धरापमा, १४ गतेभित्र नभए कहिल्यै नहुने

logo
प्रकाशित २०७३ साउन ११ मंगलबार
kamal-thapa-&-pasupati-rana-new.jpg.jpeg
काठमाडौं । सत्ता मोहका कारण राप्रपा र राप्रपा नेपालबीचको एकिकरण अन्योलमा परेको छ । उद्यपि, दुवै दलको प्रयास जारी छ । दुवै दलले मंगलबार केन्द्रीय समिति बैठक चलाएका छन् । राप्रपाले राप्रपा नेपाल समानान्तरसंग एकिकरण गरेको छ भने, राप्रपा नेपालले केन्द्रीय समितिमा बृहत छलफल गरेको छ । 
 
राप्रपाले अब पशुपति शमशेरलाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ । आलोपाले प्रणाली अनुसार लोकन्द्रबहादुर चन्दको कार्यावधि सकिएकाले अध्यक्ष राणा हुन लागेका हुन् । अन्तिम रुप दिन भने बाँकी नै रहेको स्रोतले जनाएको छ । पार्टीले राणालाई अध्यक्ष बनाइसकेको हल्ला गरेपनि भित्र अझै कुरो मिलिनसकेको बताइएको छ । राप्रपाले सरकारमा जाने निर्णय गरेकाले पार्टी एककिरणलाई समेत ७–८ महिना पछि सार्ने कुरा गरिरहेको स्रोतले हाम्राकुरालाई जानकारी दियो । 
 
स्रोतले भन्यो, ‘भए यही १३ र १४ गते हुन्छ नभए हुँदैन । दुई वटा फरक धार लिएर पार्टी एकता कसरी हुन्छ । उहाँहरुले ७–८ महिना पछि गरौं भनि राख्नु भएको छ । पहिले हामी सरकारमा सहमगि हुन्छौ अनि एकता गरौंला भन्ने कुराहरु आइरहेकाले एकता यही समयमा हुन्छ भन्ने छैन ।’ हाम्रो तर्फबाट १३ अथवा १४ मात्रै अवसर हो । यो समय खेर गयो भने कहिल्यै एकता हुँदैन । 
 
स्रोतका अनुसार राप्रपा नेपाल सरकारमा नजाने पक्षमा छ । तर, राप्रपा सरकारमा जानकै लागि केपी शर्मा ओलीको सरकारबाट बाहिरिएको थियो । एउटा सरकारमा जाने र अर्को नजाने धारकाबीचको एकिकरण अहिले नै भए एकिकृत कार्यसमितिले सरकारमा जाने–नजाने टुंगो लगाउन सक्छ । पहिले सरकारमा जाने अनि एकता गर्ने भन्ने कुरा व्यवहारिक हुँदैन–स्रोतले भन्यो । 
 
राप्रपा नेपालको बैठक लम्बियो 
राप्रपा नेपालले पार्टी एकता सहित विभिन्न विषयमा छलफल थालेको छ । पार्टी केन्द्रीय समितिको मंगलबार सुरु भएको बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक कार्यपत्र प्रस्तुत गरे । यस्तै, महामन्त्री राजेन्द्र लिङदेनले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख एवं महामन्त्री धवल शमशेर राणाले पार्टी एकताको बारेमा धारणा राखेको र आफुले ७ वटै प्रदेशको स्थानीय निकाय निर्वाचन प्रशिक्षण कार्यक्र प्रस्तुत गरेको प्रशिक्षण विभाग प्रमुख सुशील कुमार श्रेष्ठले जानकारी दिए ।
 
उनले बैठक १३ गते भित्रै सकिने र १३ वा १४ गते एकता हुन सक्नेमा आफुहरु विश्वस्त रहेको बताए । यद्यपि, राप्रपा तयार नभए सम्म भन्न नसकिने उनले बताएका छन् ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ