- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अर्जेन्टिनी फुटबल स्टार लियोनल मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी मेस्सीले सन् २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।
यसै सिजन स्पेनिश क्लब बार्सिलोनाबाट फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजीी पुगेका फरवार्ड मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।
मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडीसमेत बनेका छन् ।
उनले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए । पाँच पटकका विजेता इङ्गलिश क्लब म्यानचेस्टर युनाइटेडका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डो भने छैटौँ स्थानमा रहे ।
महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।
जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले स्ट्राइकर अफ दि इयरको अवार्ड हात पारे ।
बार्सिलोनाका स्पेनिश मिडफिल्डर पेड्रीले यू–२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे ।
इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे ।
क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।