arrow

सदनमा एमालेको अवरोध कायमै रहन्छ : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर १७ शुक्रबार
kp-oli-new.jpg

काठमाडौँ ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सङ्घीय संसद्को दुवै सदनमा नेकपा एमालेको अवरोध कायमै रहने बताएका छन् । दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भएपछि  सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले यस्तो बताएका हुन् ।  

यही मङ्सिर २८ गते सङ्घीय संसद्को दुवै सदन आह्वान गरिए छ ।  सोही सन्दर्भमा अध्यक्ष ओलीले भने, “हामीले कारबाही गरेका सांसदलाई कायम राखेर सदनको कारबाही चल्न सक्दैन । हाम्रो अवरोध कायमै रहन्छ ।” एमालेले कारबाही गरेका सांसदलाई समावेश गरेर पार्टी विभाजन गराइएको आरोप उनको थियो ।

अध्यक्ष ओलीले शुक्रवार पार्टीको केन्द्रीय कार्यालय, थापाथलीमा पद बहाली गरेका छन् । साथै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, विष्णुप्रसाद पौडेल, रामबहादुर थापा, महासचिव शङ्कर पोखरेल, उपमहासचिवहरू प्रदीपकुमार ज्ञवाली, विष्णु रिमाल, सचिवहरू गोकर्णराज विष्ट, योगेश भट्टराई, रघुवीर महासेठ, लेखराज भट्ट, पद्मा अर्याललगायतले पद बहाली गरेका थिए ।  

उनीहरूलाई पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले स्वागत गरेका थिए । यही मङ्सिर १० गतेदेखि १४ गतेसम्म चितवनको सौराहामा भएको महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ