arrow

मोरङका १२ सय बाढी विस्थापितको कन्त विजोग, राहतमा जुटे स्थानीय

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ साउन १२ बुधबार
morang-badhi-kumud-,.jpg.jpeg
विराटनगर। मोरंङमा विभिन्न खोलामा आएको बाढीका कारण ६ सय परिवार विस्थापित भएका छन्। बाढीका  कारण दुई दिन यता ६ सय परिवारका १२ सय जना विस्थापित भएको र  तीन हजार परिवार बाढीबाट प्रभावित भएको मोरंङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले बताए। 
 
बाढीको चपेटामा परेका अमरदह–७, ८ र ९ का दुई सय परिवारलाई सुरक्षित स्थानमा सारेको स्थानीय प्रशासनले जनाएको छ । तटबन्ध भत्काएर बक्राहा खोलाको बाढी गाउँमा पसेपछि गोविन्दपुर र डायनिया गाउँ विकास समितिका साढे तीन सय परिवार विस्थापित भएका छन् ।
 
उनीहरुलाई स्थानीय विद्यालय तथा सडकमा पाल टाँगेर राखिएको मोरंङका प्रमुख जिल्ला अधिकारी रायाले बताए । पीडितहरुलाई खादान्न तथा पीउने पानीको अभाव हुन थालेको छ । बाढी आएपछि प्रभावित क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी नेपाल प्रहरी परिचालन गरिएको छ ।
 
बक्राहा चिसांगमा आएको बाढीका कारण हसन्दह, मधुमल्ला, डायनिया, अमरदह तथा दर्वेशा गाविसका वासिन्दाहरु विस्थापित भएको प्रमुख जिल्ला अधिकारी रायाले बताए । यसैगरी, विस्थापित परिवारलाई राहत वितरण कार्यलाई तीब्र बनाउने समितिले निर्णय गरे अनुसार गोविन्दपुर, हसन्दह, अमदहमा राहत वितरण कार्य भइरहेको जनाइएको छ ।  राहतका लागि चिउरा, भूजा तथा अन्य खाद्यान्न प्रभावित क्षेत्रमा पठाउने कार्य भइरहेको छ । 
 
यसैगरी, जिल्ला प्रसासन कार्यालय मोरङ्ले बाढी पीडितहरुको सहयोगका लागि चासो देखाएको छ । प्रशासन कार्यालयमा सोमबार बिहान जिल्ला दैविक प्रकोप उद्धार समितिको बैठकले तीब्र रुपमा राहत संकलन गर्ने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी रायाको अध्यक्षतमा बसेको बैठकले बाढीले पु¥याएको भौतिक संरचनाहरुका तत्तकाल निमार्ण गर्ने सरकारी कार्यालयहरुलाई निर्देशन समेत दिएको छ ।
 
डायनियमा भत्काएको सडकलाई तत्काल निमार्ण गर्न प्रमुख जिल्ला अधिकारी रायाले सडक कार्यालयलाई निर्देशन समेत दिएका छन् । राहत संकलन कार्यलाई स्थानीय प्रशासन, सरकारी कार्यालय तथा उद्योग संगठन मोरङ व्यापार संघ साथै उद्योगी व्यापारीहरुले समेत चासो देखाएका छन् ।
 
बाढी पीडितहरुको सहयोगका लागि उद्योग संगठन तथा व्यापार संघले चिउरा, भूजा, नुन तथा प्याज लगायत विभिन्न खाद्य समाग्रीहरु प्रदान गरेको मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले बताए । यसैगरी स्थानीय व्यापारी हसन अन्सारीले बाढी पीडितका लागी एक हजार केजी चिउरा, पाँच सय केजी भूजा तथा पाचँ सय वोतल पानी उपलव्ध गराएका छन् । 
 
यसैगरी, लायन्स क्लव विराटनगरले बाढी पीडितका लागि विभिन्न खाद्यान्न  समाग्री उपलब्ध गराएको छ। राहत संकलनका लागि मोरङ व्यापारसंघ तथा उद्योग संगठनले व्यापक रुपमा राहत संकलनगरी रेडक्रसलाई बुझाउने गरेको उपाध्यक्ष राउतले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ