arrow

अमेरिकाको 'विन्टर ओलम्पिक' बहिष्कारपछि चीनले दियो प्रतिक्रिया

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २१ मंगलबार
beijing-olympics-sign-se-247p.jpg

काठमाडौँ । बेइजिङमा सन् २०२२ मा हुनेविन्टर ओलम्पिक खेलकुदको अमेरिकाले कूटनीतिक बहिष्कार गरेपछि चीनले प्रतिक्रिया दिँदै बदला लिने धम्की दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले 'संकल्पित प्रतिकार्यका उपायहरू' लिने भन्दै प्रतिक्रिया दिएका हुन् ।

सोमबार, अमेरिकाले चीनमा मानवअधिकार हननका मुद्दाहरूको विषयलाई लिएर ओलम्पिकका क्रममा बेइजिङमा कूटनीतिज्ञहरू नपठाउने बताउँदै कूटनीतिक बहिष्कार गरेको थियो । मङ्गलबार चीनले अमेरिकी निर्णयको आलोचना गर्दै बदलाको धम्की दिएको हो ।

यद्यपि, अमेरिकी खेलाडीहरू जाने छन् र पूर्ण सरकारी समर्थन रहनेछ । मङ्गलबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिजियानले मिडिया ब्रिफिङका क्रममा अमेरिकाले 'खेलमा राजनीतिक तटस्थता'को उल्लङ्घन गर्दै 'झूट र अफवाहमा आधारित भएर ओलम्पिक बहिष्कार गरेको' टिप्पणी गरेका हुन् ।

चीन र अमेरिकाबिचको तनाव उच्च छ । अमेरिकाले चीनको पश्चिमी क्षेत्र सिनजियाङमा मुस्लिम उइघुर अल्पसङ्ख्यकहरूको दमनमा चीनले नरसंहार गरेको आरोप लगाएको छ । तर चीनले अस्वीकार गर्दै आएको छ  ।

हालैमात्र चिनियाँ टेनिस स्टार पेंग शुईले चीनका पूर्व शीर्ष नेतामाथि यौन दुर्व्यवहार आरोप लगाएपछि शुई सम्पर्कविहीन भएकी छिन् । यो विषयलाई लिएर समेत विश्वभर चीनको आलोचना भइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ