arrow

एमाले कांग्रेससँग सँगै अघि बढ्न चाहन्छ : केपी ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २४ शुक्रबार
kp-oli67.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अरुका नीति मात्र होइन आफ्ना नीतिमार्फत अघि बढ्न सुझाव दिएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै ओलीले ऐतिहासिक महत्व बोकेको पार्टीले आफ्नै नीति अनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।

राणाशासन, राजतन्त्र फाल्ने देखि संघीय गणतन्त्र ल्याउनेसम्मको भूमिका निर्वाह गरेको कांग्रेसप्रति जनताले ठूलो भरोसा राखेकाले सोही अनुसार अघि बढ्न सुझाव दिए ।

कांग्रेससँगै एमालेपनि अघि बढ्दै आएकाले देश बनाउने सवालमा भविष्यमा एमाले कांग्रेससँगै अघि बढ्ने प्रतिवद्धता जनाए । नेपाली कांग्रेसले आफ्नो इतिहास आगामी दिनमा अझ उज्यालो बनाउँदै लानुपर्ने र सोही अनुसार महाधिवेशन केन्द्रीत हुनुपर्ने उनको भनाइ थियो ।

ओलीले भने,‘देश विकासका लागि शुसासनका लागि, स्थिरता, सामाजिक न्याय  र समानताको सवालमा देशलाई अघि बढाउन सहकार्य गर्ने कुरामा एमाले तयार छ ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ