arrow

नेबिसंघका नेताहरु शनिवारबाट आमरण अनशनमा, देउवाको आग्रहपछि एक दिन सर्‍यो

काफ्ले भन्छन्–आमरण अनसन आफै बस्छु

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
kundan-kafle.JPG.jpeg
काठमाडौं। विधिवत महाधिवेशनको माग गर्दै ५ दिनदेखि रिले अनसनमा रहेका कांग्रेसको भ्रातृ संस्था नेविसंघका नेताहरु शनिबारबाट आमरण अनसनमा बस्ने भएका छन्। उनीहरुले बिहिबारसम्म रिले अनसन र त्यसपछि पनि माग पुरा नभए शुक्रबारबाट आमरण अनसन बस्ने घोषणा गरेका थिए। 
 
तर,बिहिबार पार्टी सभापति देउवाले अनसनको नेतृत्व गरिरहेका संघका नेता कुन्दन काफ्लेलाई तत्काल आमरण अनसन नबस्न भनेपछि अनसन एकदिन पर धकेलिएको हो। “उहाँले हामीले राखेका मागप्रति आफु सकारात्मक रहेको भन्दै माग सम्बोधन गर्ने आश्वासन दिनुभएको छ,”सभापतिसँगको भेटपछि काफ्लेले भने,“शुक्रबारसम्म पनि माग पुरा नभए शनिबारबाट आमरण अनसन बस्छु।” 
 
संघको ११औं महाधिवेशनमा काफ्ले अध्यक्षका प्रत्यासी हुन्। वर्तमान केन्द्रिय समितिले अधिवेशननै नगराई कोठामा बसेर जिल्ला समिति र महाधिवेशन प्रतिनिाधि तयार गरेपछि काफ्ले सहितका विद्यार्थी नेताहरुले त्यसमा असन्तुष्टि जनाइरहेका छन्। उनले नक्कली प्रतिनिधि ल्याएर महाधिवेशनको नाटक गर्न खोजेकाले त्यो रोकिनुपर्ने र वास्तविक प्रतिनिधिले महाधिवेशनमा भाग लिने अवस्थाको सुनिश्चितता गर्नुपर्ने भन्दै प्रस्तावित ७ वटै प्रदेशमा प्रदेशस्तरीय भेला समेत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ