arrow

डा. भोलाले गरेको फोहोर मिलन राईले गरे सफा

logo
प्रकाशित २०७३ साउन १३ बिहिबार
milan-rai-new.jpg.jpeg
काठमाडौं। स्वास्थ्य शिक्षाको सुधार (सफाइ) का लागि हामी आफै सक्षम छौं भन्ने डा. भोला रिजालको प्रदर्शनकारी समूहले गरेको फोहर मिलन राईले सफा गरेका छन्। मिलन केही दिन अघि भोला समूहले प्रदर्शन गरेकै ठाउँमा डा. गोविन्द केसीको मागको समर्थन गर्दै स्वस्फूर्त मौन प्रदर्शनमा देखिएका थिए। 
 
उनी पनि डा. भोला रिजाल समूहका प्रदर्शनकारी जस्तै प्लेकार्ड बोकेर हिंडेका थिए । उनले पनि कसैविरुद्ध तिखो प्रहार गर्न छातीमा ‘म सांसद हुँ । मेरो मौनताले बेथितिलाई साथ दिइरहेको छ ।’ लेखिएको प्लेकार्ड टाँसेका थिए । उनी र भोला समूहका प्रदर्शनकारीबीच फरक यत्तिको उनले त्यो प्लेकार्ड बाकेरै फर्किए । प्रदर्शन स्थलमा वेवारी से पारेनन् । ती शब्द र त्यो कागजको महत्व थियो । 
 
डा. भोला समूहले त्यसो गरेन । आफुले बोकेका प्लेकार्ड, पानी पिएका बोतल वेवारीसे छोडेर हिँडे उनका समर्थक । वुधबार भोला समूहको प्रदर्शन भयो । समूह प्रदर्शन गरेको स्थल फोहर गरेर गयो । विहिबार विहानै गएर मिलनले त्यो फोहर धोक्रोमा उठाए । 
 
नयाँ बानेश्वरमा असोसिएशन अफ प्राइभेट मेडिकल एण्ड डेण्टल कलेजका अध्यक्ष डा. भोला रिजालले त्यो विस्ट्याइँ गर्नु अघि राज्य व्यवस्थालाई चुनौती दिँदै उफ्रि–उफ्रि भाषण गरेका थिए । थिति बसाल्न पटक–पटक ज्यानको बाजी राख्ने गोविन्द केसीलाई लज्जीत हुनेगरी ठूल–ठूला शब्दमा घण्टौं भाषणबाजी भयो । अन्तिमका कोण सभा सकियो । 
 
सबै घर फर्किए । तर, संयौको संख्यामा प्रदर्शन गर्न निस्किएकाहरु आफुले बोकेका प्लेकार्ड सडकमा, सडकको बीच भागमा बगैचा बनाएको आइल्याण्डमा यत्र–तत्र फ्याँकेर विजय उत्सव मनाएर घर फर्के । उनीहरुको भीड हट्ने वित्तिकै सभास्थल कुरुप देखियो । 
 
लाग्थ्यो महानगरले कयौं दिनको फोहर उठाएको छैन । मेडिकल शिक्षा सफाइ गर्न सक्षम ती नाम चलेका डा. भोला र तिनै भोलाका शिष्यहरुले प्लेकार्ड भुइँमा फाले । हात सफा गरे हिँडे । 
 
सरकारी वार्ता टोलीले मनमोहन मेडिकल कलेज न्याम्सले किन्ने सम्झौता गरेर गोविन्द केसीको अनसन तोडाएको आवेसले त्यो प्लेकार्ड जहाँबाट ल्याइएको थियो त्यँही लैजाने वा कुनै निश्चित ठाउँमा थुपार्ने सम्मको होस भएन । पछि ती भुइमा लडेका प्लेकार्डलाई आकाशे पानी, धुलो, हिलो सबैले गिज्यायो । बाटोमा हिड्नेहरुलाई पनि । 
 
डा. भोलाले पनि पत्तो पाएनन् । आफुले पानी पीएको बोतल समेत त्यही भुइँमा लडेछ । उनलाई थाहा हुनु पर्ने थियो । आफुहरुले कुरुप बनाएको त्यो ठाउँ र ती आइल्याण्डमा लगाएका बोट, फूल, दुबो सबै करोड मूल्यको थियो । काठमाडौं महानगरपालिका, सडक विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरणले करोडौं खर्च गरेर छिमेकी मुलुकबाट किनेर ल्याएको बोट विरुवा हुन् ती । जसरी उनले भाषण गर्दा हाम्रो सम्पत्ति नास्न पाँइदैन भनेका थिए । 
 
तर, ती एक युवाले कयौं मूल्य परेको बोटविरुवा र कयौं लगानी गरेर बनाएको सडक, आइल्याण्डको सोभा विग्रिएकोमा चिन्ता गरे । उनले फोहर उठाए। उनले फोहर उठाउँदै गरेका तस्वीर आफै बोल्दछन् । को कति बुद्धिमानी ? कस्ले थिति खोज्दैछन् र कस्ले बेथिति गर्दै छन् भन्ने यी तस्वीरले प्रष्ट गर्दछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ