arrow

उत्कृष्ट मध्येको उत्कृष्ट छान्ने गाह्रो भयो : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २६ आइतबार
kp-sarma-oli-baa.JPG

भक्तपुर  । नेकपा (एमाले)को अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठकले उत्कृष्ट प्रक्रियाबाट नेतृत्व चयन गरेको भन्दै बैठकको निर्णयलाई सबैले स्विकार्नुपर्ने बताएका छन् । 

केन्द्रीय कमिटी नेतृत्व व्यवस्थापन र जिम्मेवारी दिने कुरा सरल होइन गाह्रो कुरा हो भन्दै उनले केन्द्रीय कमिटीका लागि मात्रै आफूलाई ९०० जनाको नाम आएको बताए । पोलिटब्यूरोका लागि पनि ५० प्रतिशतभन्दा बढी योग्य व्यक्ति हुँदाहुँदै पनि उत्कृष्ट मध्येको उत्कृष्ट छान्ने गाह्रो भएको उनले बताए ।

भक्तपुरको जर्मन होम हस्पिटालिटीमा जारी केन्द्रीय कमिटीको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै उनले पार्टी एकतालाई मूल मन्त्र मानेर अगाडि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष ओलीले भने, “हाम्रो बीचको एकताले मात्र सबै कुरा जित्न सकिन्छ, एकताको मन्त्रमा ध्यान दिएर अगाडि बढ्नुपर्छ कसैलाई जिम्मेवारी पुगेन भनेपछि उचित जिम्मेवारी दिनेछौँ ।”
 
लोकतान्त्रिक विधिमा निर्वाचन पद्धतिले नै सबै ठिक गर्छ भने होइन भन्दै उनले नेतृत्वसँग देशभरिलाई हेर्ने र बुझ्ने क्षमता हुने भएकाले नेतृत्वले तयारी गरेर ल्याएर गरिएको निर्णय सबभन्दा बढी विश्वासिलो र लोकतान्त्रिक हुने बताए । 

उनले बैठकको निर्णयलाई सबैले स्विकार्नुपर्नेमा जोड दिँदै कतिपयलाई अन्याय पर्‍यो होला तर योभन्दा राम्रो प्रस्ताव अरू हुन नसक्ने बताए को केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ