arrow

मोरङमा सबैभन्दा बढी संक्रमित

logo
हाम्रा कुरा
प्रकाशित २०७८ मंसिर २९ बुधबार
province-1-corona.jpg

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश नं १ को जिल्ला मोरङमा १७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

सोही अवधिमा सुनसरीमा पाँच, झापामा दुई, धनकुटा, तेह्रथुम र प्रदेश बाहिर एक/एक जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
    
संक्रमित ३८५ जनाको पिसीआर परीक्षण गर्दा २७ र १५१ जनाको ऐन्टिजेन परीक्षण गर्दा दुई जना गरी कूल २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।    

प्रदेशमा आजै १२ महिलासहित २४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ