arrow

बीस उपसचिवलाई सहसचिव बनाउन सिफारिस 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
karmachari-najiamati.PNG

काठमाडौं । २० उपसचिवलाई सहसचिवमा बढुवा गर्न सिफारिस गरिएको छ । बढुवा समितिको सचिवालयले उक्त सिफारिस गरेको हो । बढुवा समितिको हिजो बसेको बैठकले प्रशासन सेवाका १८ र लेखापरीक्षण सेवाका २ उपसचिवको बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस हुनेमा दीपक घिमिरे, नारायणप्रसाद सापकोटा, बलराम निरौला, वेदप्रसाद खरेल, रुद्रप्रसाद पण्डित, मदन कोइराला, कोमलप्रसाद धमला, दिवस आचार्य, ईश्वरकुमार गिरी र श्रवणकुमार पोखरेल रहेका छन् ।  

त्यस्तै रामबहादुर कुरुम्बाङ, गोपालकुमार अधिकारी, टुवराज पोख्रेल, बासुदेव घिमिरे, उद्धवप्रसाद रिजाल, युवराज कट्टेल, ध्रुवराज पण्डित र दीपक लामिछानेलाई बढुवा गर्न सिफारिस गरिएको हो । यी सबै प्रशासन सेवाका हुन् । 

त्यस्तै लेखा परीक्षण सेवातर्फका पदमप्रसाद आचार्य र शम्भुकुमार श्रेष्ठलाई पनि बढुवा गर्न सिफारिस गरिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ