arrow

पुस ५ गतेलाई ‘कालो दिन’का रुपमा मान्दै कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ५ सोमबार
poush5.jpg

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन नेपालले आज पुस ५ गतेका दिनलाई ‘कालो दिन’ मानेर विविध कार्यक्रमहरुको आयोजना गरेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको दिनलाई प्रतिकात्मक मान्दै सोमबार काठमाडौंमा बहस कार्यक्रम आयोजना गरेको छ ।

‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ बहस कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, पूर्व प्रधानमन्त्री एवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतले सहभागिता जनाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ