arrow

गृहलाई सामान्य प्रशासनको असहयोग, अटेरी कर्मचारीलाई उल्टै अख्तियारमा सरुवा

logo
आकाश शर्मा,
प्रकाशित २०७८ पुष ९ शुक्रबार
home-ministry-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। गृह मन्त्रालयले प्रशासन समूहका उपसचिव चुडाराज न्यौपानेलाई अघिल्लो महिना सर्लाहीको सहायक प्रमुख जिल्ला अधिकारी पदमा सरुवा गर्‍यो। उनले सर्लाही नजाने अडान लिए। गृहका अधिकारीहरूलाई खटाएको ठाउँमा जानै पर्ने बताए। उनले सर्लाहीमा नजाने, बरु जागिर छाड्ने धम्की दिए। गृहका कर्मचारीहरूले खटाएको ठाउँमा जानु पर्ने, नभए जागिर छाड्नु पर्ने बताए। यो विवाद अघिल्लो महिला गृह मन्त्रालयको एक कार्यकक्षमा देखिएको थियो।

नभन्दै न्यौपाने आफ्नो पहुँच देखाए। सरकारी कर्मचारीको लागि सबैभन्दा आकर्षक ठाउँमा मानिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उनी सरुवा भई गए। गृहका उच्च कर्मचारीहरू भने हेरेको हेरै भए। कुनै कर्मचारीले चाहेर पनि अख्तियारमा सरुवा हुन पाउँदैन। अख्तियारले नाम किटाएर माग गरे पछि मात्र उ त्यहाँ जान पाउँछ। ‘अटेरी कर्मचारीलाई अख्तियार जस्तो निकायले उल्टै पुरस्कृत गर्‍यो’ गृह मन्त्रालयका एक अधिकारीले गुनासो पोखे।

यस्तै अर्को घटना पनि छ, गृहले प्रशासन समूहका अर्का उपसचिव विष्णु पौडेललाई अर्घाखाँची जिल्लाको सहायक प्रजिअपदमा सरुवा गर्‍यो। पौडेलले सहायक प्रजिमा नजाने,पाए प्रजिमा जाने अडान लिए। तर गृहका उच्च कर्मचारीहरूले अर्घाखाँची जानै पर्ने अडान लिए । पौडेलले अर्घाखाँची नजाने अडान लिए । दुई पक्षबिच विवाद भयो। पौडेलले आफ्नो शक्ति देखाए। अहिले उनी भूमि व्यवस्था मन्त्री शशी श्रेष्ठको सचिवालयमा छन् । हाल उनी श्रेष्ठको  निजी सचिव भई मन्त्रालयमा कार्यरत छन् । कुनै कर्मचारीले चाहेर पनि मन्त्रीको सचिवालयमा जान पाउँदैन । मन्त्रीको सचिवालयमा जान मन्त्रीले नै माग गर्नु पर्छ । पौडेललाई मन्त्रीले नै संरक्षण गरे पछि गृहको केही लागेन।

यसै गरी प्रशासन समूहका अर्का उपसचिव सचिव विष्णु लामिछानेलाई गृहले सप्तरीको सहायक प्रजिअ बनाइ सरुवा गर्‍यो। तर लामिछानेले सहायक प्रजिअमा नजाने आडन लिए । उनी यसअघि मनाङको प्रजिअ भइसकेका थिए। प्रजिअ हुँदाको रवाफ उनले थाहा पाइसकेको थिए। त्यसैले सहायक प्रजिमा नजाने उनले अडान लिए। अन्ततः गृहले केही गर्न सकेनन् । सप्तरीमा नगएरै उनलाई पुग्यो।

गृहले ईश्वरी ढकाललाई कास्कीको सहायक प्रजिअ बनाइ सरुवा गर्‍यो । ढकालले आफू सहायक प्रजिअमा नजाने अडान लिए । उनले आफ्नो शक्ति देखाउने धम्की दिए । उनी तत्कालीन गृह सचिव महेश्वर न्यौपानेका ज्वाइ हुन् । उनको नाता तत्कालीन सङ्घीय सचिव एकनारायण अर्यालसँग पनि पर्छ । ढकाल यसअघि रसुवाको प्रजिअ भइसकेका थिए ।

त्यसैले प्रजिअ भन्दा तल नजाने उनले अडान लिए। अन्ततः उनले पनि आफ्नो शक्ति देखाए। स्रोतले ढकालको नाता न्यौपानेसँग भएको बताए पनि ढकालले हाम्राकुरासँग भने न्यौपानेसँग कुनै नाता सम्बन्ध नरहेको स्पष्ट पारेका छन् । त्यस्तै अर्यालसँग आफ्नो नाता भएको तर दुवै जना स्याङ्जाका भएकाले जिल्लावासीमात्र भएको दाबी गरेका छन् ।  

तत्कालीन सामान्य सचिव अर्यालले उनको सरुवा सामान्य प्रशासन मन्त्रालय मातहतको स्थानीय विकास पूर्वाधार कार्यक्रम डोली कार्यालयमा गरे । डोली कर्मचारीहरूको लागि आकर्षक कार्यालय मानिन्छ । पहिले यसको नाम डोलीडार थियो । अहिले डोली मात्र रहेको छ।

गृहले कृष्णराज जोशीलाई अछामको सहायक प्रजिअ बनाइ सरुवा गर्‍यो । जोशीले अछाम नजाने अडान लिए। अन्ततः उनलाई अछाम नगएर पनि पुग्यो। तत्कालीन सामान्य सचिव अर्यालले जोशीलाई अन्य कार्यालयमा सरुवा मिलाइ दिए। यसैगरी गृहका अर्का उपसचिव मित्रलाल शर्मा पनि गृहले खटाएको ठाउँमा नगई आफ्नो शक्ति देखाए ।

यसैगरी गृहले हुतराज न्यौपानेलाई काभ्रेको सहायक प्रजिआ सरुवा गरी पठाए । न्यौपाने सहायक सिडिओमा नजाने आडन लिए। न्यौपानेले पनि आफ्नो शक्ति देखाए। सामान्यले उनलाई बेपत्ता आयोगमा सरुवा गरिदियो । यसैगरी प्रशासन समूहका अर्का उपसचिव अशोक दाहाल पनि खटाएको ठाउँमा गएनन् । दाहाल २ वर्ष अध्यागमन बसिसकेका थिए । उनी त्यहाँ रमाएका थिए। त्यसैले गृहले खटाएको इलाका प्रशासन माडीमा उनी जान मानेनन् ।

गृहका एक उच्च कर्मचारी भन्छन्, ‘सामान्यले हामीलाई ठुलै असहयोग गरेको छ।’ ती कर्मचारीको भनाइ छ, गृह सचिव हुन नपाएका तत्कालीन सङ्घीय मामिला मन्त्रालयका सचिव एकनारायण अर्याल र उनको निर्देशनमा उपसचिव रूपनारायण खतिवडाले प्रशासन समूहका कर्मचारी नपठाइ गृह प्रशासनलाई असफल बनाउन खोजे।’ हुन पनि त्यस्तै देखिएको छ। सामान्यले गृहलाई थाहा नदिई पर्वतको प्रशासकीय अधिकृत विमल गौतमलाई निर्वाचन आयोगमा सरुवा गरिदियो। सामान्यले गृह मातहतका करिब एक सय जना कर्मचारीलाई गृहसँग समन्वय र जानकारी नगराई गृह बाहिरका कार्यालयमा सरुवा गरेको गृहका उच्च कर्मचारीहरू बताउँछन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ